काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएकोे पशु सेवा विभागले जनाएको छ ।
पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ। बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण संक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ ।
रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।