Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

२० औं अनशन बस्ने डा. गोविन्द केसीका घोषणा

२० औं अनशन बस्ने डा. गोविन्द केसीका घोषणा

  • मंगलवार, माघ २० २०७७

  • 884
    SHARES

  • २० औं अनशन बस्ने डा. गोविन्द केसीका घोषणा

    काठमाडौं । राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २० औं अनशन बस्ने घोषणा गर्नुभएको छ । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उहाँको घोाषणा छ ।

    आज एक विज्ञप्ति जारी गर्दै केसीले दुई सुत्रीय माग राख्नुभएको छ । उहाँको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा विगटित संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनिुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उहाँले खुलेर संसद पुनःस्थापना भन्नुभएको भने छैन ।

    यसैगरि उहाँले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तीको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गर्नुभएको छ ।

    नागरिकका हैसियतले शान्तिपूर्णरुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गर्नुभएको छ । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उहाँले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गर्नुभएको छ ।


    मंगलवार, माघ २० २०७७०७:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij