Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आमहड्ताल भन्दा निरंकुशतावादी प्रवृत्तिले जनतालाई दुःख : नेता पोखरेल

आमहड्ताल भन्दा निरंकुशतावादी प्रवृत्तिले जनतालाई दुःख : नेता पोखरेल

  • बिहिवार, माघ २२ २०७७

  • 1.2K
    SHARES

  • आमहड्ताल भन्दा निरंकुशतावादी प्रवृत्तिले जनतालाई दुःख :  नेता पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेलले असंबैधानिकरुपमा गरिएको संसद् विघटन र मंगलबार भएको संबैधानिक निकायको नियुक्तिको विरोध गर्न बिहिबार आमहड्ताल गरिएको दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले, “सरकारका गलत कदमविरुद्ध सडकमा उत्रिएका हौं, आफ्ना कदम सच्याउन सरकार तयार भएमा आमहड्ताल शान्पिूर्ण तरिकाले गर्छौं” भन्नुभएको छ ।

    उहाँले सरकारले सहज ढंगले असंबैधानिक निर्णय फिर्ता लिएमा आमहड्ताल शान्तिपूर्ण तवरले सम्पन्न हुने बताउनुभएको छ । उहाँले आम हड्तालले भन्दा सरकारको निरंकुशतावादी प्रवृत्तिले जनतालाई दुख दिएको पनि औंल्याउनुभएको छ ।

    नेता पोखरेलले संविधानलाई वेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक प्रक्रियाले संसद् विघटन गरेको आरोप पनि लगाउनुभएको छ ।


    बिहिवार, माघ २२ २०७७०६:५८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij