Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
ओलीको भाषण सुनेर राजावादीहरु निराश

संसद विघटन संविधान विपरीत रहेको प्रधानमन्त्रीको 'स्वीकारोक्ति'

संसद विघटन संविधान विपरीत रहेको प्रधानमन्त्रीको 'स्वीकारोक्ति'

  • शुक्रवार, माघ २३ २०७७

  • 2.1K
    SHARES

  • संसद विघटन संविधान विपरीत रहेको प्रधानमन्त्रीको 'स्वीकारोक्ति'

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने जिकिर गर्नुभएको छ । संविधानमा जे उल्लेख भए पनि काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने ओलीको दाबी थियो ।

    आज आफ्नो समूहको जनसभालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले लिखित संविधान नभएको देश बेलायतमा पनि हालै प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचन गराएको बताउनुभयो ।

    संविधान नहुँदा त प्रधानमन्त्रीले संसद विघटन गर्न मिलेका अवस्थामा नेपालमा संसद विघटनको बहसलाई बलजफ्ती ठूलो पारिएको ओलीको आरोप छ । उहाँले आफैले प्रयास गरेर संसदमा छिराइएका व्यक्तिहरुले कामै गर्न नदिएपछि संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिन बाध्य भएको बताउनुभयो ।

    बेलायतको उदाहरण दिएर संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने दाबी गरिरहँदा ओलीले नेपालको संविधान अनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएन ।
    यस अर्थमा ओलीले संसद विघटनको कदम संविधान विपरीत रहेको भनेर आफैले स्वीकार गरेको रुपमा बुझ्न सकिन्छ ।

    यता प्रधानमन्त्रीलाई मन लागेका बेला संसद विघटन गर्न पाउने प्रावधान बेलायतमा पनि नरहेको जानकारहरुले बताएका छन् । यस्तो कुरा गरेर प्रधानमन्त्रीले नेपाली जनतामा फेरि पनि भ्रम छर्ने प्रयास गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।

    प्रधानमन्त्रीले चाहेका खण्डमा संसद विघटन गर्न पाउने प्रावधान बेलायतबाट पनि हटिसकेको उहाँले बताउनुभयो । सन २०११ सम्म त्यो प्रावधान भए पनि अहिले बेलायतमा प्रधानमन्त्रीले संसद विघटन गर्न दुईतिहाई बहुमतबाट पास गर्नुपर्ने प्राबधान रहेको उहाँले जानकारी दिनुभयो ।

    आजको सभामा प्रधानमन्त्री ओलीले देशले निर्वाचन मागिरहेको भन्दै आफैले नाराबाजी समेत गर्नुभएको थियो । ओलीले केही व्यक्तिहरुले केपी ओलीले राजतन्त्र फर्काउन थालेको भनेर भ्रम छरिरहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले बलिदान दिएर ल्याएको व्यवस्थालाई बलियो पार्दै लाने बताउनुभयो ।

    यसअघि आजको सभामार्फत ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउने र संघीयता खारेज गर्ने घोषणा गर्न सक्ने अनुमान विभिन्न तहबाट भएको थियो ।

    कतिपयले त राजतन्त्र फर्काउने घोषणा पनि ओलीबाट हुन सक्ने हल्ला पिटेका थिए । यो हल्लाबाट सबैभन्दा धेरै संघीयता विरोधी र राजावादीहरु हौसिएका थिए । तर आज नारायणहिटी अगाडिबाट ओलीले गरेको भाषण सुनपछि उनीहरु निराश भएका छन् ।

    ओलीको भाषण सुनेपछि राप्रपाका नेता मोहन श्रेष्ठले अब भ्रममा बस्न नहुने बताउनुभएको छ ।

    उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘आफ्नो तागत निर्माण गर्ने बेला घरभित्र बसेर आन्दोलनलाई धारे हात लगाउने र नेतृत्वलाई बदनाम गर्न समय र शब्द खर्चनेहरु कसैले हिन्दुराष्ट्र र राजसंस्थाबारे महत्त्वपूर्ण घोषणा गरिदिन्छन् भन्ने ठूलो भ्रममा थिए ।‘ बेलैमा सोचेर एकजुट हुन ढिला नगरौँ, आफैले सामर्थ्य निर्माण गरौँ।’


    शुक्रवार, माघ २३ २०७७०७:३१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij