Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा आएको बाढीमा परेर मृत्यु हुनेमा १० नेपाली पनि, ११ जना अझै बेपत्ता

भारतमा आएको बाढीमा परेर मृत्यु हुनेमा १० नेपाली पनि, ११ जना अझै बेपत्ता

  • बुधवार, माघ २८ २०७७

  • 1.4K
    SHARES

  • भारतमा आएको बाढीमा परेर मृत्यु हुनेमा १० नेपाली पनि, ११ जना अझै बेपत्ता

    काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीमा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर मृत्यु हुनेमध्ये १० जना नेपालीको पहिचान भएको छ ।

    स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो । हिमनदी फुट्दा धौलीगंगा र अलक नन्दासहितका नदीमा ठूलो बाढी आएको थियो ।

    बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली र भारतीय मजदुर र स्थानीयबासीसहित दुई सयभन्दा धेरै बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी अहिले पनि चलिरहेको छ ।

    मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शवको पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै जुम्ला र कालिकोटका हुन् ।

    मृत्यु हुनेमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।

    बेपत्तामध्ये ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका अधिकारीहरुले जनाएका छन् । अझै ११ जना नेपाली बेपत्ताको सूचीमा छन् ।


    बुधवार, माघ २८ २०७७११:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij