काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । अहिले झाँक्रीलाई बानेश्वरस्थित महानगरीय प्रहरी महाशाखाको कार्यालयमा राखिएको छ ।
नेतृ झाँक्रीलाईै प्रहरीले राज्यविरुद्ध अपराध गरेको आरोप लगाएको छ । उनीविरुद्ध आज पक्राउ पुर्जी जारी गर्दै महानगरीय अपराध महाशाखाले यस्तो आरोप लगाएको हो ।
नेतृ झाँक्रीले एक साताअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
यसअघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउको तयारी गरेको थियो ।