Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

झाँक्री पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखामा

झाँक्री पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखामा

  • बिहिवार, माघ २९ २०७७

  • 843
    SHARES

  • झाँक्री पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखामा

    काठमाडौँ – प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ।

    राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो।

    त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो।

    किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।


    बिहिवार, माघ २९ २०७७०५:०८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij