Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज सोनाम ल्होसार, पर्वको अवसरमा सार्वजनिक विदा

आज सोनाम ल्होसार, पर्वको अवसरमा सार्वजनिक विदा

  • शुक्रवार, माघ ३० २०७७

  • 1.1K
    SHARES

  • आज सोनाम ल्होसार, पर्वको अवसरमा सार्वजनिक विदा

    काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैँ छ ।

    ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । साथै नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ ।

    नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् । तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पालगायतका जनजातिले फागुन शुक्लप्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् ।

    प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले गरुड वर्ष बिदाइ गरेर सर्प वर्षका रूपमा स्वागत गर्दै छन् ।

    सरकारले सोनाम ल्योसारको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ । माघ २६ गते बसको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

    यसअघि २०५१ सालदेखि ल्योसारको अवसरमा दिइँदै आएको विदा तीन वर्ष अघि काटौती गरिएको थियो ।

     


    शुक्रवार, माघ ३० २०७७०५:२७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij