Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.6K
    SHARES

  • मौसममा सुधार आउन अझै केही दिन लाग्ने

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन ।

    अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि भू–भागमा आंशिक देखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अन्य पहाडी भू–भागहरुमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आगामी तीन दिनसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    शनिवार, फाल्गुण १ २०७७०८:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij