काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध अर्को चरण्को आन्दोलन घोषणा गर्ने भएको छ । संसद् विघटनपछि निरन्तर सडक संघर्षमा रहेको यो समूहले आज अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्न लागेको हो ।
केन्द्रीय संघर्ष समितिले आज दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा दिउँसो २ बजे अर्काे चरणको कार्यक्रम घोषणा हुने सचिव ढकालले बताउनुभयो ।
संविधान उल्लंघन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भन्दै त्यसको पुर्नस्थापनाको माग राख्दै प्रचण्ड–माधव समूह आन्दोलनमा छ । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।