Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images
च्याम्पियन्स लिग:

एमबाप्पेको ह्याट्रिकमा बार्सिलोना स्तब्ध

एमबाप्पेको ह्याट्रिकमा बार्सिलोना स्तब्ध

  • बुधवार, फाल्गुण ५ २०७७

  • 880
    SHARES

  • एमबाप्पेको ह्याट्रिकमा बार्सिलोना स्तब्ध

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई ४–१ ले हराएको छ।

    गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

    बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ ।

    जर्मनीमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।


    बुधवार, फाल्गुण ५ २०७७०९:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij