Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै विशेषाधिकार दिएको छैन’

‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै विशेषाधिकार दिएको छैन’

  • बुधवार, फाल्गुण ५ २०७७

  • 856
    SHARES

  • ‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै विशेषाधिकार दिएको छैन’

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतलाई राय दिने एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताउनुभएको छ ।

    संवैधानिक इजलासमा आज बहस गर्दै खरेलले आफू चार प्रश्नमा केन्द्रित रहेको बताउनुभयो ।

    ‘संविधानमा विशेषाधिकारसम्बन्धि २ वटा धारा छन्, १०३ र १८७ । हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । हाम्रो संविधानले कल्पना नै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन’, उहाँले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गर्दै भन्नुभयो ।

    ०४७ को संविधानमा भएको धारा ५३ (४) हटाउनु भनेको लुकाएर राखेको नभएकोसमेत अधिवक्ता खरेलले बताउनुभयो ।

    ‘बेलायत संसदीय व्यवस्थाको जननी हो, त्यहाँ विघटनको अधिकार छ भन्दैमा विश्वभर त्यो लागू हुँदैन’, उहाँले भन्नुभयो । बेलायतमा संसदीय सर्वोच्चता रहेको तर नेपालमा संवैधानिक सर्वोच्चता रहेको खरेलको तर्क छ ।

    संसदीय व्यवस्थाको दुई विषय मात्र नेपालको संविधानमा रहेको वरिष्ठ अधिवक्ता खरेलको भनाइ छ ।

    ‘एउटा प्रधानमन्त्री संसद्ले निर्वाचित गर्छ, अर्को संसद्प्रति प्रधानमन्त्री उत्तरदायी हुन्छ । संसदीय व्यवस्था भनेपछि बेलायतजस्तै हो, बेलायतमा पाउने हुनाले यहाँ पनि पाउँछ भन्नु राजा वीरेन्द्रलाई चन्द्रशमशेर भनेर दर्शन गरेजस्तै हो’, खरेलले भन्नुभयो ।

     


    बुधवार, फाल्गुण ५ २०७७०३:४२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij