Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने

दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.2K
    SHARES

  • दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने

    काठमाडौं । दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।

    कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ ।

    दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो ।

    लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ । कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ ।

    आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७०७:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij