Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अदालतले संसद विघटन सदर गरे आँधिबेहरी ल्याउने प्रचण्ड–नेपाल समूहको चेतावनी

अदालतले संसद विघटन सदर गरे आँधिबेहरी ल्याउने प्रचण्ड–नेपाल समूहको चेतावनी

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.0K
    SHARES

  • अदालतले संसद विघटन सदर गरे आँधिबेहरी ल्याउने प्रचण्ड–नेपाल समूहको चेतावनी

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले संसद विघटनलाई सर्वाेच्च अदालतले सदर गरे पुनस्र्थापनाका लागि भइरहेको आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएको छ।

    प्रधानमन्त्री केपी ओलीसँगको सेटिङका आधारमा संसद विघटनको असंवैधानिक कदम सदर भए सडक संघर्षलाई थप चर्काे पार्ने रणनीति प्रचण्ड माधव समूहले तय गरेको हो।

    संसद पुनस्र्थापनाका लागि जारी आन्दोदन र विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरुबारे छलफल गर्न आज यो समूहले स्थायी कमिटी र केन्द्रीय कमिटिको आकश्मिक बैठक डाकेको थियो।

    बैठकमा आगामी दिनमा आइपर्ने जस्तो सुकै परिस्थितिका लागि तयार रहन अध्यक्षद्वयले निर्देशन दिनुभएको नेताहरुले बताएका छन्।

    स्थायी कमिटि सदस्य बेदुराम भुषालले संसद विघटन अदालतले सदर गरे जनआन्दोदनका लागि तयार रहन नेतृत्वबाट निर्देशन आएको बताउनुभयो।

    संसद विघटन सदर भए निर्वाचन पनि नहुने भएकोले आन्दोलनको अर्काे कुनै विकल्प नरहेको उहाँले बताउनुभयो।

    यस्तै पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले संविधानमाथि भएको कू सर्वाेच्चबाट सच्याउन सकिनेमा आफूहरुलाई विश्वास रहेको तर अन्यथा भएमा सडक संघर्षमा जानुको विकल्प नरहेकोबारे बैठकमा छलफल भएको बताउनुभयो।

    संसद विघटन सदर भए जरुर अर्काे कठोर संघर्षमा उत्रनुपर्ने बाध्यता आउने उहाँले बताउनुभयो। अदालतले विघटन सदर गेर सरकार र न्यायालयबीच डरलाग्दो सेटिङ रहेको तथ्य पुष्टि हुने उहाँको भनाइ छ।

    आजको बैठकमा अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुवैले निर्वाचन आयोगबाट आफूहरुले आधिकारिकता पाउने र अदालतबाट संसद पुनस्र्थापनाको फैसला आउने दाबी गर्नुभएको थियो।

    निर्वाचन आयोगबाट परिस्थिति सांग्लिएको खबर प्राप्त भएको र अदालतले पनि संविधानको रक्षा गर्ने विश्वास आफूलाई रहेको कुरा बैठकमा प्रचण्डले राख्नुभएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो।

    तर परिस्थिति बदललिने सक्ने भएकोले जुनसुकै कदमका लागि तयारी हालतमा रहन दुवै अध्यक्षले निर्देशन दिनुभएको गजुरेलले जानकारी दिनुभयो।

    संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहस आज सकिएको छ। अब सर्वाेच्चले दिने फैसलामा सबैको नजर अडिएको छ।

    संसद विघटन सदर अथवा बदर जे भए पनि मुलुकको राजनीतिले तत्काल निकास पाउने सम्भावनाहरु भने कमै देखिएका छन्।


    शुक्रवार, फाल्गुण ७ २०७७०७:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij