Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र नेपालबीच संगठनभित्र बराबरी भाग लगाउने सहमति

प्रचण्ड र नेपालबीच संगठनभित्र बराबरी भाग लगाउने सहमति

  • आइतवार, फाल्गुण ९ २०७७

  • 998
    SHARES

  • प्रचण्ड र नेपालबीच संगठनभित्र बराबरी भाग लगाउने सहमति

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।

    शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

    यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०(५० प्रतिशत हुने भएको छ ।

    मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।

    यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०(५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

    एमाले र माओवादीबीच एकता हुँदा ६०(४० को अनुपातमा एकता भएको थियो ।

     


    आइतवार, फाल्गुण ९ २०७७०४:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij