एजेन्सी । क्लब रियल म्याड्रिड र म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हासिल गरेका हुन् ।
स्पानिस क्लब रियलले इटालियन क्लब एटलान्टालाई १–० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
१७ औं मिनेटमा रेमो फ्रउलरले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो ।
यस्तै इंग्लिस क्लब सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गरेको हो । सिटीका लागि बर्नार्डो सिल्भाले २९औं र गाब्रियल जेससले ६५औं मिनेटमा गोल गरे ।
मोन्चेनग्लाडबाकको मैदानमा हुनुपर्ने खेल कोभिड १९ का कारण हंगेरीको पुस्कास एरेनामा खेलाइएको थियो ।
पहिलो लिगमा हासिल गरेको अवे जितले रियल र सिटीलाई क्वार्टरफाइनलमा जाने ढोका केही सहज भएको छ ।