Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारले भन्यो, ‘सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ’

सरकारले भन्यो, ‘सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ’

  • सोमवार, फाल्गुण १७ २०७७

  • 689
    SHARES

  • सरकारले भन्यो, ‘सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ’

    काठमाडौँ – सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गर्नुभएको छ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताउनुभयो।

    ‘फैसलाले बहुमतप्राप्त दलको नेताले संवैधानिक हैसियतले, नैतिकताको हैसियतले आफ्नो जिम्मेवारीबाट भाग्न पाइँदैन । राज्य सञ्चालन गर्नु तपाईको दायित्व हो, जिम्मेवारी, नैतिकताको विषय हो भनेको छ’ उहाँले भन्नुभयो।

    मन्त्री गुरुङले अगाडि भन्नुभयो, ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ। त्यसैले अहिले राजीनामा गर्नुहुन्न, जे हुन्छ संसदीय प्रक्रियाबाट फैसला हुन्छ।’

    मन्त्री गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर नैतिकताको पाठ सिकाउनेहरुले राजनीतिबाट सन्यास लिए हुने टिप्पणी गर्नुभयो।


    सोमवार, फाल्गुण १७ २०७७०५:२९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij