Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही

प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.3K
    SHARES

  • प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही

    काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ । आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो ।

    संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो ।

    ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्नेसमेत बैठकले निर्णय गरेको छ।

    यसअघि सो समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो। त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो ।

     


    बुधवार, फाल्गुण १९ २०७७०२:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij