Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने (सहमति पत्रसहित)

ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने (सहमति पत्रसहित)

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.2K
    SHARES

  • ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने (सहमति पत्रसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

    शुक्रबार दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

    सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

    आजको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

    प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।

    विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

    हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

    EvnAAzFUYAAbwHc.jpg


    बिहिवार, फाल्गुण २० २०७७१०:५३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij