काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई भेट्नुभएको छ ।
प्रचण्ड र नेपालले आज बिहान संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको आन्तरिक बैठकपछि उहाँहरुले सभामुखलाई भेट्नुभएको हो ।
विघटित प्रतिनिधिसभा पुनःस्थापना भएपछि आज बस्न लागेको बैठकबारे परामर्श गर्न भेट भएको बताइएको छ । नेकपा विवादका बीच बस्न लागेको संसद बैठकमा हुन सक्ने असहज अवस्थाबारे समेत भेटमा छलफल भएको स्रोतले जनाएको छ ।