Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसपा तत्काल सरकारमा जान तयार छैन् : यादव

जसपा तत्काल सरकारमा जान तयार छैन् : यादव

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.2K
    SHARES

  • जसपा तत्काल सरकारमा जान तयार छैन् : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले तत्काल सरकारमा जान तयार नरहेको बताउनुभएको छ ।

    संविधान संशोधन जसपाको मुख्य माग रहेको उल्लेख गर्दै उहाँले पार्टीका मुद्धा र एजेण्डा फरक रहेकाले तत्काल सरकारमा जान तयार नरहेको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भन्नुभयोे,“हाम्रा पार्टीका सांसदहरु जेलमा हुनुहुन्छ, संविधान संशोधन हाम्रो मुख्य माग हो, अहिले नै सरकारमा जान हतार छैन्, काँग्रेस प्रमुख प्रतिपक्ष दल हो, उस्ले कस्तो किसिमको निर्णय लिन्छ, हामी सरकार बनाउन सहयोग गछौँ तर सरकारमा जादैँनौ ।”

    नेता यादवले प्रदेश सरकारमा भने जसपा जान सक्ने बताउनुभएको छ । केन्द्र सरकारमा जान समस्या भएपनि प्रदेशमा भने सहकार्य हुनसक्ने उहाँले बताउनुभएको छ ।


    मंगलवार, फाल्गुण २५ २०७७०६:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij