Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोमलले हालिन् पन्तविरुद्ध मुद्दा, यस्ता छन् आरोप (पूर्णपाठसहित)

कोमलले हालिन् पन्तविरुद्ध मुद्दा, यस्ता छन् आरोप (पूर्णपाठसहित)

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.4K
    SHARES

  • कोमलले हालिन् पन्तविरुद्ध मुद्दा, यस्ता छन् आरोप (पूर्णपाठसहित)

    काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

    वलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
    पन्तले फागुन १५ गते एक कार्यक्रममा वलीमाथि सार्वजनिक टिप्पणी गरेका थिए ।

    ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ उनले भनेका थिए ।

    नेता पन्तको यस्तोे टिप्पणी गरेपछि तत्कालै वलीले त्यसको प्रतिवाद गर्दै आफूले अदालतको ढोका ढक्ढक्याउने बताएकी थिइन् । सोहीअनुरुप उनले आज मुद्दा दायर गरेकी हुन् ।

    ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ वलीले आफ्नो उजुरीमा भनेकी छन् ।

    पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् :

    Komal Oli Vs Raghuji Panta.pdf :To download file click here


    मंगलवार, फाल्गुण २५ २०७७१२:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij