Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद् बैठकअघि सभामुखले यसकारण गरे परामर्श

संसद् बैठकअघि सभामुखले यसकारण गरे परामर्श

  • बुधवार, फाल्गुण २६ २०७७

  • 744
    SHARES

  • संसद् बैठकअघि सभामुखले यसकारण गरे परामर्श

    काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको पहिलो दिनकै बैठक सांसदहरुले अवरुद्ध र बहिस्कार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आन्तरिक परामर्श गर्नुभएको छ ।

    सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुख सापकोटाले दलका नेताहरुसँग संसद सहज ढंगले चलाउने विषयमा कुराकानी गर्नुभएको हो ।

    ‘शून्य समयको व्यवस्था गर्दै शीर्ष नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सुचारु गर्ने पक्षमा सभामुख लाग्नुभएको छ । त्यसका लागि संसद सचिवालयका साथै दलका नेताहरुसँग परामर्श जारी छ,’ सभामुख सापकोटाको निजी सचिवालयका एक सदस्यले भने, ‘सभामुखले आफ्नो तर्फबाट गर्नुपर्ने पहलमा कुनै कुराको बाँकी राख्नुभएको छैन ।’

    पहिलो दिन कार्यसूचीप्रति आपत्ति जनाउदै सांसदहरुले बैठक बहिस्कार र अवरुद्ध गरेका थिए ।

    संसद्को वैठक आज दिउँसो १ बजे संसद् भवन, बानेश्वरमा बस्दैछ ।

     


    बुधवार, फाल्गुण २६ २०७७१२:४४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij