Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
पुर्नस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक शोकप्रस्ताव पारित गर्दै सकियो

बैठक सुरु नहुँदै बाहिरिएका प्रधानमन्त्रीले हात हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

बैठक सुरु नहुँदै बाहिरिएका प्रधानमन्त्रीले हात हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

  • बुधवार, फाल्गुण २६ २०७७

  • 931
    SHARES

  • बैठक सुरु नहुँदै बाहिरिएका प्रधानमन्त्रीले हात हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

    काठमाडौं । संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक कबिर आधा घण्टा बेर ढिलो गरी सुरू भएको थियो ।

    बैठकमा निधन भएका १४ जना पूर्वसांसदको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली भने संसद् बैठक सुरु नहुँदै बाहिरिनुभएको थियो । बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिनुभएको हो । उहाँ बाहिरिएपछि कार्यसूचि नै परिवर्तन भएको बताइएको छ ।

    बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भन्नुभयो, ‘यति भए भैगो नि !’
    यसअघि आजको बैठकमा सातवटा अध्यादेश पेस गर्ने कार्यसूची थियो ।

    पुनस्र्थापनापछिको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो ।

    त्यस्तै, प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए ।

    संघीय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम थियो ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।

    उल्लिखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी गरिएका थिए । अध्यादेश जारी भएको ६ महिनाभित्र अध्यादेश संसदबाट पारिन गरिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    xkaryasuchi-1.jpg.pagespeed.ic.QgtMJVYLGA.webp

     

     


    बुधवार, फाल्गुण २६ २०७७०१:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij