Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

मकवानपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

  • शनिवार, फाल्गुण २९ २०७७

  • 455
    SHARES

  • मकवानपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

    आज बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मृत्यु हनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५÷४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०८:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij