Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • शनिवार, फाल्गुण २९ २०७७

  • 815
    SHARES

  • खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    खनाल-नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    शुक्रबार (हिजो) साँझ ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार (आज) बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

    खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०९:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij