एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जित निकालेको छ ।
शनिबार (हिजो) राति भएको खेलमा रियलले इल्चेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा करिम बेन्जिमा चम्किएपछि रियलले पुनरागमन जित निकालेको हो । खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाए ।
जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २७ खेलमा ५७ अंक जोडेको छ ।पराजित इल्चे २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।