Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्नुपर्छ : गजुरेल

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्नुपर्छ : गजुरेल

‘संसद् विघटन गर्नेले बोलाएको सर्वदलिय बैठकको औचित्य के छ ? ’
  • मंगलवार, चैत्र ३ २०७७

  • 923
    SHARES

  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्नुपर्छ : गजुरेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (आज) बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले संसद् विघटन गर्दा कसैसँग सल्लाह नगर्ने राष्ट्रपतिले अहिले किन सर्वदलीय बैठक बोलाउनुपर्यो भन्दै प्रश्न खडा गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भन्नुभयो,‘अनपेक्षित रुपमा संसद् विघटन गर्नुभयो, त्यतिबेला राष्ट्रप्रमुखले संसद् बचाउन सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन अहिले सर्वदलीय बैठक बोलाउनुको औचित्य के छ ?’

    नेता गजुरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच तत्काल सहकार्य हुन नसक्ने बताउनुभएको छ ।

    उहाँले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफनो गल्ति नमान्दासम्म सहकार्य सम्भव नभएको उल्लेख गर्नुभयो ।

    नेता गजुरेलले भन्नुभयोे,“अहिलेको स्थितीमा सहकार्य सम्भव छैन्, उहाँले मुलुकलाई अराजकतातिर धकेल्ने प्रयास गर्नुभएको छ, गल्ति नस्वीकारेसम्म ओली जीसँग सहकार्य हुँदैन ।”

    सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि देश पुनः अस्थिरतातिर जानेभएकाले फिर्ता नलिएको उहाँले स्पष्ट पार्नुभयो । नेता गजुरेलले विकल्प नदेखिएसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत दर्ता गर्न नहुने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो,‘राजनीतिमा जे परे पर्ला भनेर कुनै पनि किसिमको हचुवाको भरमा मुलुकको सरकार परिवर्तनजस्तो निर्णय गर्न मिल्दैँन, त्यसैले गम्भीररुपमा सोच विचार र छलफल गरेर यस्ता विषमा निर्णय लिनुपर्छ ।’


    मंगलवार, चैत्र ३ २०७७०६:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij