Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ला लिगा : मेस्सीले गरे सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी

ला लिगा : मेस्सीले गरे सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी

  • मंगलवार, चैत्र ३ २०७७

  • 728
    SHARES

  • ला लिगा : मेस्सीले गरे सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

    यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए ।

    खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बन्यो ।

    पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २–१ को स्थितिमा ल्याए ।

    खेलको ५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।

    यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे । मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

    जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ ।


    मंगलवार, चैत्र ३ २०७७०८:३२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij