Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवस

आज काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवस

  • शनिवार, चैत्र ७ २०७७

  • 1.6K
    SHARES

  • आज काँग्रेस नेता  गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवस

    काठमाडौं । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

    काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उहाँले नेपाली राजनीतिमा पु¥याएको योगदानको स्मरण गर्दै छन् ।

    राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक(पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो ।

    २०६२–६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय रहेको छ ।

    २०५३ सालमा नेपाली काँग्रेसको सभापति निर्वाचित हुनुभएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहनुभएको थियो ।

    कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिनुहुन्छ । उहाँको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।


    शनिवार, चैत्र ७ २०७७१०:४७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij