Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतीय जेलमा चार दशक बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

भारतीय जेलमा चार दशक बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

  • आइतवार, चैत्र ८ २०७७

  • 1.6K
    SHARES

  • भारतीय जेलमा चार दशक बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगे

    काठमाडौं । ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना आज बिहानै स्वदेश आइपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो ।

    झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाइँने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    भारत पश्चिम बंगालको दमदम करेक्सनल होम (सेन्ट्रल जेल)मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ (काकाको छोरा) प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।

    दुर्गाप्रसादले विना सुनुवाई करिब ४० वर्षसम्म भारतीय जेलमा कैदीजीवन बिताएका थिए । उनी इलाम माई नगरपालिका–१० लुम्बाकका स्थायी बासिन्दा हुन् ।

    दुर्गाप्रसाद सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

    दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दुर्गाप्रसादलाई फसाउन फर्जी जाहेरी दिएको उनको पारिवारिक स्रोतले दाबी गरेको छ ।

     


    आइतवार, चैत्र ८ २०७७१२:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij