Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा फर्कियो उत्साह, नेप्से परिसूचक २.५६ प्रतिशतले बृद्धि

शेयर बजारमा फर्कियो उत्साह, नेप्से परिसूचक २.५६ प्रतिशतले बृद्धि

  • आइतवार, चैत्र ८ २०७७

  • 1.3K
    SHARES

  • शेयर बजारमा फर्कियो उत्साह, नेप्से परिसूचक २.५६ प्रतिशतले बृद्धि

    काठमाडौँ- साताको पहिलो दिन आज नै शेयर बजारमा उत्साह फर्किएको छ । पछिल्लो केही सातादेखि निरन्तर गिरावट आएको बजारमा यस दिन भने नेप्से परिसूचक २.५६ प्रतिशतले बृद्धि भएर २ हजार ५३८.४७ बिन्दुमा पुगेको हो ।

    गत साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य सुधार देखिएको बजारमा आज भने हरियाली छाएको छ । यो दिन कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बृद्धि भएको हो । नेप्से परिसूचक बृद्धि भएसँगै आज बजार पूँजीकरण रकम समेत बढेर ३५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

    नेप्से परिसूचकसँगै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१३ प्रतिशतले बृद्धि भएर ४५३.५९ बिन्दुमा उक्लिएको छ ।
    आजको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बृद्धि भएको छ । आज २०६ ओटा कम्पनीको ८० हजार ९८६ पटकको व्यापारमा एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।


    आइतवार, चैत्र ८ २०७७०४:५७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij