Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि काठमाडौंका धारामा मेलम्चीको पानी छाड्ने तयारी

आइतबारदेखि काठमाडौंका धारामा मेलम्चीको पानी छाड्ने तयारी

  • शुक्रवार, चैत्र १३ २०७७

  • 2.0K
    SHARES

  • आइतबारदेखि काठमाडौंका धारामा मेलम्चीको पानी छाड्ने तयारी

    काठमाडौं । सरकारले बहुप्रतीक्षित मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारामा छाड्ने तयारी गरेको हो ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।

    आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उहाँबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरिदैँ छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उप–आयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।

    त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिने छ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुने छ ।
    दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ ।


    शुक्रवार, चैत्र १३ २०७७०७:२५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij