एजेन्सी । विश्वकप फुटबल छनोट खेलमा सन् २०१० विश्व विजेता स्पेन आफ्नै घरेलु मैदानमा तुलनात्मक कमजोर मानिएको ग्रिससँग १ १ को बराबरीमा रोकिएको छ । गएराति राति भएको खेलमा अल्भारो गरेको गोलको अग्रता कायम गर्दा नसक्दा स्पेन दोस्रो हाफमा बाराबरीमा सीमित हुन पुगेको हो ।
तर, इटाली र जर्मनीले भने विजयी सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो ।
यही समुहको अर्को खेलमा स्विटजरल्याण्डले बुल्गेरियालाई ३–१ ले हरायो । युरोपेली छनौट अन्तर्गत समुह जे को खेलमा जर्मनीले आईसल्याण्डमाथि ३–० को जित निकाल्दा रोमानियाले उत्तरी मेसेडोनियालाई ३–२ ले तथा अर्मेनियाले लिचेस्टाईनलाई १–० ले हरायो ।
गएराति इंग्ल्याण्डले सान मारिनोलाई ५–० ले हराएको छ । यही समुहका अन्य खेलहरुमा हंगेरी र पोल्याण्डले ३–३ गोलको बराबरी खेल्दा अल्बानियाले एन्डोरालाई १–० ले पराजित ग¥यो । त्यसैगरी, स्विडेनले जर्जीयालाई १–० ले हराएको छ ।