Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज रङहरुको पर्व होली, स्वास्थ्य सावधानी अपनाउन सरकारको अपिल

आज रङहरुको पर्व होली, स्वास्थ्य सावधानी अपनाउन सरकारको अपिल

स्वास्थ्य सुरक्षासहित होली खेल्न राष्ट्रपतिको आग्रह
  • आइतवार, चैत्र १५ २०७७

  • 1.3K
    SHARES

  • आज रङहरुको पर्व होली, स्वास्थ्य सावधानी अपनाउन सरकारको अपिल

    काठमाडौं । आज रङहरुको पर्व होली । हिमाली तथा पहाडी जिल्लाहरुमा मनाइँदै छ ।

    होली अर्थात फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार होली पर्व साथ मनाइन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

    विशेषगरी दुई दिन होली पर्व मनाइने गरिए पनि पर्वको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि हुन्छ । यो वर्ष यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो जुन चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जलाइन्छ ।

    यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने चलन रहेको जनविश्वास छ ।
    यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारील अहिले पनि कोरोना भइरसको महामारी रहेकाले होली खेल्दा सावधानीका उपाय अपनाउन आग्रह गर्नुभएको छ ।

    होली पर्वको शुभकामना दिदै उहाँले पर्वले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

    साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गर्नुभएको छ ।

    ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।


    आइतवार, चैत्र १५ २०७७०७:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij