काठमाडौं । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भु–भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू –भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आईतबार (आज) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू –भागमा मौसम सामान्यतया सफा रहने छ ।
अपराह्न पश्चात देशका पहाडी भू –भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार (भोलि)प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू –भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशको पहाडी भू –भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।