Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

  • सोमवार, चैत्र २३ २०७७

  • 1.8K
    SHARES

  • मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमानमा उल्लेख छ ।

    यस्तै, दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

    साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    भने, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको छ ।


    सोमवार, चैत्र २३ २०७७०७:३२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij