Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँ विश्वकै पहिलो नम्बरको वायु प्रदूषित शहर, के भन्छन् विज्ञ ?

काठमाडौँ विश्वकै पहिलो नम्बरको वायु प्रदूषित शहर, के भन्छन् विज्ञ ?

  • सोमवार, चैत्र २३ २०७७

  • 2.4K
    SHARES

  • काठमाडौँ  विश्वकै पहिलो नम्बरको वायु प्रदूषित शहर, के भन्छन् विज्ञ ?

    काठमाडौँ । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचिमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

    वायु प्रदूषणबारे मापन गर्ने आइक्यू एयर डट कमको आज बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।

    एआइक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण एक्यूआइ ३३१ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सयभन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

    वातावरण विभागको मापनमा बिहान ९ः४५ बजे भक्तपुरको एआइक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७, सौराहाको ३०७ छ ।

    काठमाडौंमा अहिले तुवाँले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको महाशाखाले जनाएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् ।

    आगलागी र डढेलोसँगै मुलुकभर पश्चिमी वायुको प्रभावले प्रदूषित हावा काठमाडौँको आकाशमा आएर धुप्रिएको मौसमविद्ले बताएका छन् ।

    विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ ।

    वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

     


    सोमवार, चैत्र २३ २०७७१२:२१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij