Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालका कप्तान किरण बने साताको उत्कृष्ट एसियाली खेलाडी

नेपालका कप्तान किरण बने साताको उत्कृष्ट एसियाली खेलाडी

  • सोमवार, चैत्र २३ २०७७

  • 983
    SHARES

  • नेपालका कप्तान किरण बने साताको उत्कृष्ट एसियाली खेलाडी

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । ५५.६९ प्रतिशत मत ल्याउदै ‘एएफसी प्लेयर अफ दि विक’ बन्न सफल भएका हुन् ।

    दोस्रो स्थानमा साउदी अरेबियाका सलेह अल–सेहेरी रहे । उनको कुल २०.७२ प्रतिशत र तेस्रो स्थानका इराकका अल अली महवईले १०.१६ प्रतिशत मत पाएका छन् ।

    गत सोमबार नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    किरण यो उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । उनी भारतको राउण्डग्लास पञ्जाब क्लबबाट व्यवसायिक फुटबल खेल्छन् ।



    सोमवार, चैत्र २३ २०७७०३:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij