Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वायु प्रदूषण : सवारी साधन र उद्योगधन्दा बन्द गर्नुपर्न सक्छ

वायु प्रदूषण : सवारी साधन र उद्योगधन्दा बन्द गर्नुपर्न सक्छ

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.0K
    SHARES

  • वायु प्रदूषण : सवारी साधन र उद्योगधन्दा बन्द गर्नुपर्न सक्छ

    काठमाडौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ ।

    राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।

    वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उहाँले भन्नुभयो, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उहाँ बताउँनुहुन्छ ।

    जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उहाँले सुनाउनुभयो ।

    वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनुभयो तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन ।

    बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    मंगलवार, चैत्र २४ २०७७०७:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij