Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ला लिगा : बार्सिलोनाको साँघुरो जित

ला लिगा : बार्सिलोनाको साँघुरो जित

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.1K
    SHARES

  • ला लिगा : बार्सिलोनाको साँघुरो जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।

    यस्तै खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    बार्सिलोना शीर्ष स्थानको एट्लेटिको भन्दा १ अंकले मात्र पछि रहेको छ ।बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


    मंगलवार, चैत्र २४ २०७७०९:००:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij