Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभाको बैठक बस्दै, कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

बागमती प्रदेशसभाको बैठक बस्दै, कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.1K
    SHARES

  • बागमती प्रदेशसभाको बैठक बस्दै, कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेशसभाको बैठक मंगलबार (आज) बस्दै छ ।

    मुखयमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण पटक–पटक सूचना टाँसेर स्थगित भइरहेको प्रदेशसभा बैठक आजको लागि बोलाइएको हो ।

    आजको बैठकबाट अविश्वासको प्रस्तावबारे टुंगो लाग्ने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

    सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै सांसदहरुले अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

    प्रक्रियागतरुपमा अविश्वासको प्रस्ताव टुंगिएपछि मुख्यमन्त्री पौडेललाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुल्ने छ ।

    उता, कर्णाली प्रदेशका तीन मन्त्रीले आज पदबाट राजीनामा दिने भएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पदबाट राजीनामा दिने भएका हुन् ।

    एमालेको आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट सरकारमा सामेल भएका तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । एमाले संसदीय दलको बैठक आज पनि बस्ने र बैठक बस्नुभन्दा अगाडि सामूहिक राजीनामा दिने तयारी मन्त्रीहरुले गरेका छन् ।

    यता, लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सभामा बिजनेस नभएकाले अधिवेशन अन्त्य गरिएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभएको छ ।


    मंगलवार, चैत्र २४ २०७७०९:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij