Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार

वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार

  • शुक्रवार, चैत्र २७ २०७७

  • 958
    SHARES

  • वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार

    काठमाडौं । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ ।

    आज बिहान मात्रै नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ ।

    आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ ।

    यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्वुआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुहलाई झनै घातक मानिन्छ । यसअघिका दिनहरुमा नेपालको प्रदूषणको मात्रा ३ सय एक्यूआइको हाराहारीमा रहँदै आएको थियो ।

    अहिलेको सुचकांकका अनुसार पाकिस्तानको लाहोर सहर १ सय ९६ एक्युआईसहित शीर्ष स्थानमा छ । पाकिस्तानपछि भारतको दिल्ली दोस्रो, बंगलादेशको ढाका तेस्रो तथा चीनको सेन्याङ चौथो स्थानमा छ ।


    शुक्रवार, चैत्र २७ २०७७०९:५२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij