Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इरानको नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता

इरानको नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता

  • शनिवार, चैत्र २८ २०७७

  • 1.1K
    SHARES

  • इरानको नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता

    एजेन्सी । इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ ।

    गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको छ ।

    चालक दलका १२ सदस्यसहित सो जहाज सुरक्षित रुपमा स्वदेश फिर्ता पठाइएको कोरियाली विदेश मन्त्रालयले जनाएको छ ।

    इरान सरकारले उक्त जहाज नियन्त्रणमा लिएर अनुसन्धान पूरा भएपछि फिर्ता पठाइएको जनाएको छ ।

    यसअघि पनि इरानले पटक पटक जहाज नियन्त्रणमा लिएको थियो । अमेरिकाले सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

    त्यसलगत्तै इरानले विश्व शक्ति राष्ट्रहरुसँग गरेको आणविक सम्झौता एकतर्फी रुपमा भंग भएको घोषणा गरेको थियो ।

    त्यसयता इरानले आणविक गतिविधि बढाएको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आलोचना गर्दै आएका छन् ।


    शनिवार, चैत्र २८ २०७७०८:२६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij