Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरिया रोजगारी : सन् २०२१ मा नेपालका लागि ५४०० जनाको कोटा निर्धारण

दक्षिण कोरिया रोजगारी : सन् २०२१ मा नेपालका लागि ५४०० जनाको कोटा निर्धारण

  • सोमवार, चैत्र ३० २०७७

  • 1.3K
    SHARES

  • दक्षिण कोरिया रोजगारी : सन् २०२१ मा नेपालका लागि ५४०० जनाको कोटा निर्धारण

    काठमाडौं । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ ।

    वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

    एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो ।

    ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्विविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ ।

    निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिनुभयो । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उहाँले थप्नुभयो ।

    नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन् ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     


    सोमवार, चैत्र ३० २०७७०७:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij