Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपीएलमा मुम्बईको पहिलो जित, आज हैदराबाद र बेङलोरबीच प्रतिष्पर्धा हुँदै

आइपीएलमा मुम्बईको पहिलो जित, आज हैदराबाद र बेङलोरबीच प्रतिष्पर्धा हुँदै

  • बुधवार, बैशाख १ २०७८

  • 411
    SHARES

  • आइपीएलमा मुम्बईको पहिलो जित, आज हैदराबाद र बेङलोरबीच प्रतिष्पर्धा हुँदै

    एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल ) २०२१ मा पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो ।

    मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो । कोलकत्ताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डय र कुर्नाल पाण्डय समान १५/१५ रनमा आउट भए । कोलकत्ताका आन्द्रे रसेलले ५ विकेट लिए ।

    किफायती बलिङ गरेका उनले २ ओभरमा १५ रन खर्चिए । पाट कुमिन्सले २ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो । कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो । यस्तै आजको खेलमा सनराइजर हैदराबाद र रोयल च्यालेन्जर बेङलोरबीच प्रतिष्पर्धा हुँदै छ ।


    बुधवार, बैशाख १ २०७८०८:४०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij