काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुने छ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजीमा रहने छ ।
नेदरल्यान्ड्ससँग हिजो भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ । तर, घरेलु मैदानमा नेपालमाथी जित निकाल्न नेपाललाई सजिलो भने हुने छैन् ।
सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन । अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ ।