Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

  • बुधवार, बैशाख ८ २०७८

  • 1.0K
    SHARES

  • कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

    काठमाडौं । नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कुशल भुर्तेल विश्व टि–ट्वान्टी बरियतामा पहिलोपटक समावेश भएका छन् ।

    लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले आज जारी गरेको टि–ट्वान्टीको नयाँ बरियतामा शीर्ष १०० मा पर्न सफल भएका छन् । कुशल नयाँ बरियतामा ९३ औं स्थानमा रहन सफल भएका हुन् । उनको रेटिङ तीन सय ५९ रहेको छ ।

    Kushal-bhurtel.jpg

    यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन् । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । जसमा तीन अर्धशतक छन् ।

    नयाँ बरियतामा पूर्वकप्तान पारस खड्का ८३ औं स्थानमा पुगेका छन् । उनी एकैपटक १० स्थान तल झरेका हुन् । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारण पनि उनको बरियता खस्किएको अनुमान गर्न सकिन्छ ।

    बलिङमा सन्दीप लामिछाने ७७ औं स्थानमा उक्लिएका छन् । उनले बरियतामा सात स्थान सुधार गरेका छन् । जारी टि–ट्वान्टी सिरिजमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन् । जसमा उनले नेदरल्याण्ड्सविरुद्धको चार विकेट पनि समावेश छ ।

    नेपालका लागि टि–ट्वान्टीमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पनि सन्दीप नै परेका छन् । उनले कुल ४२ विकेट लिएका छन् । नेदरल्याण्ड्ससँगको खेलपछि करण केसीलाई उछिन्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।


    बुधवार, बैशाख ८ २०७८०३:०६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij