Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘फ्लोर क्रस गर्ने चार प्रदेश सांसदमाथि कारवाही हुने निश्चित छ’ : नेम्वाङ

‘फ्लोर क्रस गर्ने चार प्रदेश सांसदमाथि कारवाही हुने निश्चित छ’ : नेम्वाङ

  • शुक्रवार, बैशाख १० २०७८

  • 935
    SHARES

  • ‘फ्लोर क्रस गर्ने चार प्रदेश सांसदमाथि कारवाही हुने निश्चित छ’ : नेम्वाङ

    काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा ह्विप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ ।

    जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत उहाँको पक्षमा मतदान गरेका प्रदेशसभा सदस्यहरुलाई पार्टी र प्रदेशसभा सदस्य पदबाट हटाउन लागेको हो ।

    गतसाता पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

    शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

    ‘फ्लोर क्रस गर्ने चारजना सांसदको कारवाही निश्चित छ । कर्णाली प्रकरणमा अनुशासन उल्लंघन गर्ने चार सांसदलाई कारवाही हुन्छ’, उहाँले भन्नुभयो ।

    यसअघि वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

     


    शुक्रवार, बैशाख १० २०७८१२:३१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij