Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
एमालेको स्थायी कमिटी गठन

पूर्वमाओवादी ‘इन’, खनाल–नेपाल पक्षधर ‘आउट’

पूर्वमाओवादी ‘इन’, खनाल–नेपाल पक्षधर ‘आउट’

  • शुक्रवार, बैशाख १० २०७८

  • 922
    SHARES

  • पूर्वमाओवादी ‘इन’, खनाल–नेपाल पक्षधर ‘आउट’

    काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

    माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत नेतालाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

    एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहनुभएको छ । बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

    यसैबीच, एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मत दिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

    विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बन्नुभएका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहनेगरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

    निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।


    शुक्रवार, बैशाख १० २०७८०२:१०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij